पार्टीबाट निकाल्दैमा भ्रष्टाचारविरुद्धको लडाइँ कमजोर हुँदैन : भीम रावल

काठमाडौं । नेता डा. भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइँ कमजोर नहुने बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढङ्गले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा […]

Jan 11, 2025 - 11:54
 0
पार्टीबाट निकाल्दैमा भ्रष्टाचारविरुद्धको लडाइँ कमजोर हुँदैन : भीम रावल

काठमाडौं । नेता डा. भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइँ कमजोर नहुने बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढङ्गले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् ।

रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित बिपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register