५ वर्ष जेल सजायको माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दायर गरेको हो । मङ्सिर ४ मा पक्राउ परेका उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको […]

Dec 11, 2024 - 12:23
 0
५ वर्ष जेल सजायको माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दायर गरेको हो ।

मङ्सिर ४ मा पक्राउ परेका उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ ।

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको बताइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै उनी पक्राउ परेका हुन् ।

मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register