रवि लामिछानेलाई उच्च रक्तचाप, अस्पताल भर्ना हुन मानेनन्

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ। बुधबार पर्साबाट काठमाडौं हुँदै ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए। फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेपनि लामिछाने भने हिरासतमा नै […]

Dec 11, 2024 - 15:43
 0
रवि लामिछानेलाई उच्च रक्तचाप, अस्पताल भर्ना हुन मानेनन्

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ।

बुधबार पर्साबाट काठमाडौं हुँदै ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।

फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेपनि लामिछाने भने हिरासतमा नै फर्किएको बताइएको छ ।

लामिछानेमाथि आइतबार थपिएको म्याद बुधबार सकिएपछि बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लग्ने प्रहरीको तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register