सिटी युभेन्टससँग पराजित

काठमाडौं । युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पूर्वविजेता म्यानचेस्टर सिटी पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा सन् २०२३ को विजेता सिटी युभेन्टससँग २–० गोल अन्तरले पराजित भएको हो । एलिनाज रंगशालामा भएको खेलमा घरेलु टोली युभेन्टसले खेलको ५३ औँ मिनेटमा डुसान भ्लाहोभिचको गोलमा अग्रता लिएको थियो । दुई पटकको विजेता […]

Dec 12, 2024 - 00:39
 0
सिटी युभेन्टससँग पराजित

काठमाडौं । युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पूर्वविजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।

बिहीबार बिहान सकिएको खेलमा सन् २०२३ को विजेता सिटी युभेन्टससँग २–० गोल अन्तरले पराजित भएको हो ।

एलिनाज रंगशालामा भएको खेलमा घरेलु टोली युभेन्टसले खेलको ५३ औँ मिनेटमा डुसान भ्लाहोभिचको गोलमा अग्रता लिएको थियो ।

दुई पटकको विजेता युभेन्टसले ७५ औँ अर्को गोल थप्यो । वेस्टोन म्याकोरीले गोल गरेका हुन् ।

यससँगै इटालियन क्लब जुभेन्टसले ६ खेलबाट ११ अंक बनाएको छ । उ लिगको ११ औँ स्थानमा छ ।

पराजित इंग्लिस क्लब सिटी ८ अंकसहित लिगको २२ औँ स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register