घिउसँग नखानुहोस् यी खानेकुरा, पाचनमा आउनसक्छ समस्या

काठमाडौं। घिउले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यलाई दुरुस्त राख्न मद्दत गर्छ । स्वास्थ्यका लागि यति फाइदाजनक हुँदाहुँदै पनि घिउलाई केही खास खानेकुराहरूसँग खान मनाही गरिन्छ । आउनुहोस् किन भन्ने कुरा जानौँ । मह आयुर्वेदमा घिउलाई महसँग मिसाएर खान सल्लाह दिइँदैन । यसो हुनुको कारण के हो भने आयुर्वेदमा घिउको तासिर चिसो र महको प्रकृति तातो […]

Dec 27, 2024 - 11:00
 0
घिउसँग नखानुहोस् यी खानेकुरा, पाचनमा आउनसक्छ समस्या

काठमाडौं। घिउले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यलाई दुरुस्त राख्न मद्दत गर्छ ।

स्वास्थ्यका लागि यति फाइदाजनक हुँदाहुँदै पनि घिउलाई केही खास खानेकुराहरूसँग खान मनाही गरिन्छ । आउनुहोस् किन भन्ने कुरा जानौँ ।

मह

आयुर्वेदमा घिउलाई महसँग मिसाएर खान सल्लाह दिइँदैन । यसो हुनुको कारण के हो भने आयुर्वेदमा घिउको तासिर चिसो र महको प्रकृति तातो मानिएको छ । जब यी दुबैलाई एकैसाथ खाइन्छ, दुई फरक–फरक प्रकृतिका चीजहरू शरीरमा जाँदा पेटमा केही रसायनहरू बन्न थाल्छन्, जसले पाचनलाई प्रभावित गर्न थाल्छन् ।

मूला

मूलासँग घिउ खाँदा पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छन् । मूला र घिउको एकैसाथ सेवनले पेट फुल्ने र बेचैनी जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ ।

माछा

आयुर्वेदअनुसार घिउ र माछाको एकैसाथ सेवनले पाचन क्रियालाई बाधा पुर्‍याएर शरीरमा विभिन्न असन्तुलन उत्पन्न गर्न सक्छ । जसबाट पाचनसम्बन्धी समस्या, छालासम्बन्धी समस्याहरू वा शरीरमा विषाक्त पदार्थहरूको निर्माण हुन सक्छ ।

दही

आयुर्वेदअनुसार दही र घिउलाई एकैसाथ खान राम्रो मानिँदैन । दहीको प्रकृति चिसो हुन्छ, जबकि घिउले शरीरलाई तातो पुर्‍याउँछ । यी दुवैलाई एकैसाथ खाँदा पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छ ।

फलफूल

घिउलाई अमिलो फलफूलसँग मिसाएर खाँदा ग्यास, सुन्निने जस्ता पाचनसम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छ । यसो हुनुको कारण के हो भने फलफूल छिटै पच्छन् जबकि घिउ पच्नमा बढी समय लिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register