ट्रम्प-सीबीच फोनवार्ता, टिकटकको विषयमा पनि छलफल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनुअघि दुई नेताबीचको कुराकानी भएको हो । चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै […]

Jan 18, 2025 - 06:41
 0
ट्रम्प-सीबीच फोनवार्ता, टिकटकको विषयमा पनि छलफल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको छ ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनुअघि दुई नेताबीचको कुराकानी भएको हो ।

चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए ।

ट्रम्पले लेखेका छन्, ‘मलाई आशा छ कि सँगै हामी धेरै समस्याहरू समाधान गर्नेछौं र तुरुन्तै सुरु गर्नेछौं । हामीले व्यापार सन्तुलन, टिकटक र अन्य धेरै विषयमा छलफल गर्यौं ।’

ट्रम्पले थप भने, ‘राष्ट्रपति सी चिनफिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्नेछौं ।’

टिकटकले भन्यो – अमेरिकामा भोलिदेखि प्लेटफर्म बन्द हुन्छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register