बैंकमा तरलता बढ्यो, राष्ट्र बैंकले फेरि ३० अर्ब तान्दै !

काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत फागुन ११ गते आइतबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत तान्न लागेको उक्त निक्षेपको अवधि २१ दिनको हुनेछ । पछिल्लो समय बैंक तथा वित्तीय […]

Feb 23, 2025 - 07:30
 0
बैंकमा तरलता बढ्यो, राष्ट्र बैंकले फेरि ३० अर्ब तान्दै !

काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत फागुन ११ गते आइतबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत तान्न लागेको उक्त निक्षेपको अवधि २१ दिनको हुनेछ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ । यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न समयमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२को  सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ३ चैतमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register