सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

काठमाडौं। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीले देशव्यापी चक्काजाम घोषणा गरेपछि सरकार र आन्दोलनरत यातायात व्यवसायीका प्रतिनिधिहरूबीच गृहमन्त्रालयमा वार्ता भइरहेको  छ। गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा भएको वार्ता जारी छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज  देशभर […]

Jun 2, 2025 - 05:38
 0
सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

काठमाडौं। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीले देशव्यापी चक्काजाम घोषणा गरेपछि सरकार र आन्दोलनरत यातायात व्यवसायीका प्रतिनिधिहरूबीच गृहमन्त्रालयमा वार्ता भइरहेको  छ।

गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा भएको वार्ता जारी छ ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज  देशभर सार्वजनिक यातायातका साधनहरू सञ्चालन नगरेपछि  यात्रुहरूले ठूलो असुविधा भोगिरहेका छन्।

काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दूरीका सवारी साधनहरू चलेका छैनन्। उपत्यकाका सडकहरूमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू फाट्टफुट्ट चलेका देखिए पनि सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरू भने पूर्ण रूपमा बन्द छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register