आईपीएल : कप्तान श्रेयस अय्यरको अविजित अर्धशतक, पञ्जाव ११ वर्षपछि फाइनलमा 

काठमाडौं । कप्तान श्रेयस अय्यरको उत्कृष्ट प्रदर्शनमा  शानदार जितसँगै पञ्जाव किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाब उपाधि  नजिक पुगेको हो। दोस्रो इनिङमा २०४ रनको विशाल लक्ष्य पछ्याउँदै पञ्जाबले १९ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। […]

Jun 2, 2025 - 05:05
 0
आईपीएल : कप्तान श्रेयस अय्यरको अविजित अर्धशतक, पञ्जाव ११ वर्षपछि फाइनलमा 

काठमाडौं । कप्तान श्रेयस अय्यरको उत्कृष्ट प्रदर्शनमा  शानदार जितसँगै पञ्जाव किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

आइतबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाब उपाधि  नजिक पुगेको हो।

दोस्रो इनिङमा २०४ रनको विशाल लक्ष्य पछ्याउँदै पञ्जाबले १९ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कप्तान अय्यरले मात्र ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले, जसमा उनले ५ चौका र ८ छक्का प्रहार गरे। नेहाल वधेराले ४८ रन जोड्दा जोश इङ्लिसले ३८ रनको योगदान दिए।

मुम्बईका अश्वनी कुमारले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १–१ विकेट लिए।

यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्मा र सुर्यकुमार यादवले समान ४४ रन बनाए भने नमन धिरले ३७ रन जोडे।

पञ्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले समान १–१ विकेट लिए।

यो जितसँगै पञ्जाव ११ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो। सन् २०१४ मा पहिलोपटक फाइनल पुगेको पञ्जावले कोलकाता नाइट राइडर्ससँग उपाधि गुमाएको थियो।

पञ्जाव उपाधिका लागि मङ्गलबार  रोयल च्यालेन्जर्स बेंगलुरुसँग भिड्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register