रवि राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । सहकारी ठगीका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि सङ्घीय संसद् सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो । प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्यसमेत नरहेको राज्य व्यवस्था समिति सभापति […]

Dec 24, 2024 - 08:32
 0
रवि राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

सहकारी ठगीका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि सङ्घीय संसद् सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो ।

प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्यसमेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए ।

प्रतिनिधिसभा सदस्य निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register