भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलहरूमा इसेवामा रकम सुरक्षित नरहेको विषयमा सार्वजनिक भइरहेको समाचारहरू भ्रामक रहेको इसेवाले जनाएको छ । एक सूचना जारी गर्दै रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूप्रति कम्पनीले ध्यानाकर्षण जनाएको हो । इसेवाले यस्ता समाचारहरूको पछि नलाग्न आफ्ना ग्राहक तथा […]

Dec 24, 2024 - 11:26
 0
भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलहरूमा इसेवामा रकम सुरक्षित नरहेको विषयमा सार्वजनिक भइरहेको समाचारहरू भ्रामक रहेको इसेवाले जनाएको छ ।

एक सूचना जारी गर्दै रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूप्रति कम्पनीले ध्यानाकर्षण जनाएको हो । इसेवाले यस्ता समाचारहरूको पछि नलाग्न आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

‘केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरूले इसेवा प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ इसेवाले भनेको छ ।

इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत दाबी गरेको छ । हुन त इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था छ ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैङ्कमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैङ्क खातामा जम्मा हुन्छ ।

यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरूलाई इसेवाले दुरुत्साहन बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register