कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, उद्धार गरिएकामध्ये ११ को अवस्था गम्भीर

काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । पाँच चालक दलसहित ६७ जना सवार विमान बुधबार कजाकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना भएको थियो । घटनामा ३८ जनाको मृत्यु तथा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको सीएनएनले जनाएको छ । उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकस्तानका उपप्रधानमन्त्री कानाट […]

Dec 26, 2024 - 05:35
 0
कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, उद्धार गरिएकामध्ये ११ को अवस्था गम्भीर

काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।

पाँच चालक दलसहित ६७ जना सवार विमान बुधबार कजाकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना भएको थियो ।

घटनामा ३८ जनाको मृत्यु तथा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको सीएनएनले जनाएको छ ।

उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकस्तानका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले बताए । उनले भने, ”शवहरू खराब अवस्थामा छन्, धेरै जसो जलेका छन्, सबै जम्मा गरिएको छ ।”

जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए ।

एक खोज टोलीले विमानको ब्ल्याक बक्स फेला पारेको छ । अजरबैजान र काजकिस्तान दुबैले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन् ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।

अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ । भिडिओमा विमान दुर्घटना हुनुअघि एयरफिल्डमा अनियमित परिक्रमा गरिरहेको देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register