आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि मुम्बईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि सहज जित हासिल गरेको छ । वानखेले रङ्गशालामा आइतबार राति सकिएको खेलमा घरेलु टोली मुम्बईले चेन्नईमाथि नौ विकेटको सहज जित निकालेको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र एक विकेट गुमाएर १५.४ ओभरमै पूरा गर्यो । मुम्बईको तिमा दुई खेलाडीले […]

Apr 21, 2025 - 02:35
 0
आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि मुम्बईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि सहज जित हासिल गरेको छ ।

वानखेले रङ्गशालामा आइतबार राति सकिएको खेलमा घरेलु टोली मुम्बईले चेन्नईमाथि नौ विकेटको सहज जित निकालेको हो ।

चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र एक विकेट गुमाएर १५.४ ओभरमै पूरा गर्यो ।

मुम्बईको तिमा दुई खेलाडीले अविनित रहँदै अर्धशतक बनाए । रोहित शर्माले सर्वाधिक ७६ तथा सूर्यकुमार यादवले ६८ रन बनाए । शर्मा खेलको उत्कृष्ट तथा यादव मूल्यवान खेलाडी घोषित भए ।

चेन्नईका लागि एक मात्र विकेट रवीन्द्र जडेजाले लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

चेन्नईका लागि पनि दुई खेलाडीले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । जडेजाले अविजित ५३ तथा शिवम दुबले ५० रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराहले सर्वाधिक दुई विकेट लिए ।

आईपीएलमा मुम्बई र चेन्नई प्रमुख प्रतिद्वन्द्वी हुन् । यी दुवै टोलीले समान पाँच पटक उपाधि जितेका छन् ।

यो जितले मुम्बई आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा पुगेको छ । चेन्नई मात्र चार अङ्कसहित १० टोली सम्मिलित लिगको पुछारमा छ ।

आइतबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले पञ्जाब किङ्ग्सलाई सात विकेटले हराएको थियो ।

बैङ्लोर तेस्रो तथा पञ्जाब चौथो स्थानमा छन् । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने प्रावधान छ ।

अङ्क तालिका :

बैङ्लोरले पञ्जाबसँग लियो अघिल्लो खेलमा भोगेको हारको बदला

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register