मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनले बिरामीको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोहीअनुरुप गरिएको निर्देशक […]

काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
उनले बिरामीको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोहीअनुरुप गरिएको निर्देशक बसौलाले बताए ।
साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको थियो । सोही दिनदेखि उक्त अस्पतालमा उपचार जारी छ । रासस
What's Your Reaction?






