कर्णाली डेभलपमेन्ट बैंक डुब्दा ब्रोकर नम्बर ७४ को ७ करोड बढी फस्यो, अग्रवाल परिवारको अर्बौं होल्ड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंक टाँट पल्टिने पक्का भएपछि राष्ट्र बैंकले कर्णालीलाई बुधबार समस्याग्रस्त घोषणा गरेको थियो । लगत्तै नेपाल धितोपत्र बोर्डले पनि एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालक समिति […]

Dec 26, 2024 - 10:29
 0
कर्णाली डेभलपमेन्ट बैंक डुब्दा ब्रोकर नम्बर ७४ को ७ करोड बढी फस्यो, अग्रवाल परिवारको अर्बौं होल्ड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

बैंक टाँट पल्टिने पक्का भएपछि राष्ट्र बैंकले कर्णालीलाई बुधबार समस्याग्रस्त घोषणा गरेको थियो । लगत्तै नेपाल धितोपत्र बोर्डले पनि एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिएपछि लगानीकर्ताको हितलाई मध्यनगर गर्दै बैंकको धितोपत्र कारोबार स्थगत गर्न र थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न पत्राचार गरेको थियो ।

बोर्डको उक्त पत्र पाएलगत्तै नेप्सेले बिहीबार कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । योसँगै कम्पनीको सेयर कारोबार अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर कारोबार खुल्न लामै समय लाग्ने पक्का देखिएको छ ।

यता कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का भएपछि ९२ हजार २ सय १० कित्ता सेयर होल्ड गरेको कलश स्टक मार्केट (ब्रोकर नम्बर ७४)को करोडौँ रुपैयाँ फसेको छ ।

त्यस्तै, कम्पनीमा अग्रवाल परिवारको पनि अर्बौं रुपैयाँ होल्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड स्रोतबाट प्राप्त विवरण अनुसार सबिता अग्रवालसँग बैंकको १ लाख ३९ हजार ६ सय ७१ कित्ता, जयप्रकाश अग्रवालसँग १ लाख २० हजार २ सय १७ कित्ता, ज्योति अग्रवालसँग ५७ हजार ४ सय ४२ कित्ता, मित मुरारका अग्रवालसँग २३ हजार १४ कित्ता, सरिता अग्रवालसँग १२ हजार ६ सय ८ कित्ता, संस्कृति अग्रवालसँग १२ हजार कित्ता, जय प्रकाश अग्रवालसँग १० हजार ७ सय ५० कित्ता, विष्णु कुमार अग्रवालसँग १० हजार कित्ता र शिवरतन अग्रवालसँग ९ हजार ९ सय ६१ कित्ता, ललित अग्रवालसँग ९ हजार ८ सय ८९ कित्ता र ज्योति अग्रवालसँग ९ हजार ४ सय ३५ कित्ता रहेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register