ओलीले विचौलिया र दलाललाई काखी च्यापेर मलाई कारबाही गरे : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले विचौलिया र दलाललाई काखी च्यापेर आफूमाथि कारबाही गरेको आरोप लगाएका छन् । समाजिक सञ्जालमा प्रतिक्रिया दिँदे रावलले यस्तो निर्णयविरुद्ध उत्रिन एमालेका इमान्दार कार्यकर्तालाई अपिल पनि गरेका छन् । आफूलाई पार्टी सदस्यबाट हटाउने भनि गरिएको निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरेको आरोप लगाउँदै […]

Dec 26, 2024 - 10:59
 0
ओलीले विचौलिया र दलाललाई काखी च्यापेर मलाई कारबाही गरे : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले विचौलिया र दलाललाई काखी च्यापेर आफूमाथि कारबाही गरेको आरोप लगाएका छन् ।

समाजिक सञ्जालमा प्रतिक्रिया दिँदे रावलले यस्तो निर्णयविरुद्ध उत्रिन एमालेका इमान्दार कार्यकर्तालाई अपिल पनि गरेका छन् ।

आफूलाई पार्टी सदस्यबाट हटाउने भनि गरिएको निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरेको आरोप लगाउँदै रावलले यसलाई निरङ्कुश, स्वेच्छाचारी र तानाशाही भनेका छन् ।

रावलले लेखेका छन्, ‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, एमाले विरोधी एवं विचौलिया र दलाललाई काखी च्याप्नेले देशभक्त र इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।’

उनले उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register