घुससहित पक्राउ परेका ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रोल्पाका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बुढाथोकीलाई सवारी साधन आवत÷जावत गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ […]

Dec 26, 2024 - 10:53
 0
घुससहित पक्राउ परेका ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रोल्पाका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बुढाथोकीलाई सवारी साधन आवत÷जावत गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register