सरकारको निष्कर्ष : लिपुलेकबारे भारत र चीनबीच भएको पछिल्लो सहमतिबाट चिन्ता लिनु पर्दैन

काठमाडौं । सरकारले भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु नपर्ने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषदको बैठकमा यसबारे लामो छलफल भएको र चिन्ता लिनुपर्ने विषय नभएको निष्कर्ष निकालिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार […]

Dec 26, 2024 - 11:50
 0
सरकारको निष्कर्ष : लिपुलेकबारे भारत र चीनबीच भएको पछिल्लो सहमतिबाट चिन्ता लिनु पर्दैन

काठमाडौं । सरकारले भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु नपर्ने निष्कर्ष निकालेको छ ।

मन्त्रिपरिषदको बैठकमा यसबारे लामो छलफल भएको र चिन्ता लिनुपर्ने विषय नभएको निष्कर्ष निकालिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालबीच लिपुलेकका विषयमा पछिल्लो पटक भएको भनिएको सहमतिबारे लामो छलफल भयो, त्यसले हाम्रो सार्वभौमसत्तामा कुनै असर नगर्ने भएकाले चिन्ता लिनु नपर्ने निष्कर्ष निस्कियो ।’

डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पुस ३ गते बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवर यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो ।

कोभिड महामारीको समयदेखि भारतीय भूमिबाट स्थगित भएको कैलाश यात्रा दुई देशले पुनः सुरु गर्ने सहमति गरेपनि नेपालसँग कुनै सरसल्लाह भएको छैन ।

नेपालले लिपुलेकलाई पनि आफ्नो नक्सामा समावेश गरिसकेको छ । तर, सो सहमति गर्दा भारत र चीनले नेपालसँग कुनै सल्लाह नगरेपछि यसमा सरकारले प्रतिक्रिया जनाउनु पर्ने आवाज उठेको थियो ।

मन्त्रिपरिषद बैठकले भने आफूले दाबी गरेको र नक्सामासमेत सामेल भइसकेको भूमि हुँदै यात्रा सुरु गर्ने दुई छिमेकी देशको सहमतिले मुलुकको सार्वभौमसत्तामा कुनै असर नपर्ने निष्कर्ष निकालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register