लागु पदार्थकाे डढेलाेबाट भावी पुस्तालाई जाेगाओैं !

इन्द्रप्रसाद ओली‘देश’-काे पूर्ण परिभाषाकाे सम्पूर्ण अङ्गमा एउटा अनिवार्य, महत्वपूर्ण र अपरिहार्य अवयव भनेकाे ‘नागरिक’ हाे । नागरिक जीवन आफू र आफ्नाे देशप्रति लापर्वाह, उदासिन, निराश र उद्विग्न बन्नु अन्ततः देशकाे भविष्य स्वयम् भाराक्रान्त, कमजाेर र खतरायुक्त बन्नु हाे । अतः अनेक प्रकारले अहिले हाम्राे देशकाे देख-अदेख धरातलीय सामाजिक अभ्यासकाे स्थिति यस्तै छ। एकातिर कुल नागरिक [...] The post लागु पदार्थकाे डढेलाेबाट भावी पुस्तालाई जाेगाओैं ! appeared first on Jhapa Online.

Dec 28, 2024 - 01:58
 0
लागु पदार्थकाे डढेलाेबाट भावी पुस्तालाई जाेगाओैं !

इन्द्रप्रसाद ओली
‘देश’-काे पूर्ण परिभाषाकाे सम्पूर्ण अङ्गमा एउटा अनिवार्य, महत्वपूर्ण र अपरिहार्य अवयव भनेकाे ‘नागरिक’ हाे । नागरिक जीवन आफू र आफ्नाे देशप्रति लापर्वाह, उदासिन, निराश र उद्विग्न बन्नु अन्ततः देशकाे भविष्य स्वयम् भाराक्रान्त, कमजाेर र खतरायुक्त बन्नु हाे । अतः अनेक प्रकारले अहिले हाम्राे देशकाे देख-अदेख धरातलीय सामाजिक अभ्यासकाे स्थिति यस्तै छ। एकातिर कुल नागरिक संख्याकाे घटीमा एक-तृतियांश ऊर्जावान वयस्क, युवा-युवती तथा कलिला किशाेर-किशाेरी समेत विदेशी भूमिमा छन् ।

खेत-बारी , घर, गाेठ आदिमै निर्विकल्परूपमा निर्भर जनसंख्याकाे ठूलाे हिस्साका किसान-श्रमजीवीहरूकाे समेत विभिन्न कारणले उपायहीन बनी विदेश पलायनकाे बाटाे राेजाइले देशकाे ऊर्बर माटाे बाँझिँदै गएकाे अवस्था छ र क्रमिकरूपमा बढ्दाे विदेशी पाइतालाकाे दच्काे र विदेशी उत्पादनकाे घाेषित-अघाेषित थिचाेमिचाेले याे भूमि अझ रित्तिँदै र निजी उत्पादकत्व खेर फाल्दै अप्राकृतिक बञ्जार बन्दै गएकाे छ । त्यसरी नै, अर्कातिर देशमा रहेका कलकलाउँदा किशाेर-किशाेरीदेखि वयस्कसम्म लागू पदार्थका घातक व्यसनमा फँस्तै गएका छन् । यी दुई पक्ष पनि कुनै न कुनै किसिमले अन्तर-सम्बन्धित छन् भनेर बुझिन थालिएकाे छ ।

याे स्थितिमा खासगरी, विनाशकारी कुलत-संक्रमणकाे राेकथाम-नियन्त्रण कसले गर्ने भन्ने सवालमा राज्यले सैद्धान्तिकरूपमा सचेत वा सजग भइरहेकाे आभास विगत लगभग छ दशक(२०२३ साल)-देखि दिँदै आइरहेकाे पाइन्छ , तर व्यावहारिक अभ्यासमा वा कार्यान्वयनमा विल्कुलै असफल हुँदै आएकाे छ । राज्यबाट वि.सं. २०२३ देखि क्रमशः ०३१, ०३३, ०३५, ०६३, ०६६, ०६८, ०७०, ०७५ मा तीनवटा, ०७६, ०७९ साल हुँदै २०८० सम्मकाे ५८ वर्षमा लागु पदार्थ, लागु ओैषधादिका जीवनघाती प्रयाेगकाे दुर्व्यसन र ओसार-पसार काराेबारकाे नियन्त्रण र कारवाही सम्बन्धी एक दर्जनबढी ऐन-कानून, निर्देशिका, मार्गदर्शन आदि रचना हुँदै किताब-पुस्तिकाहरूका निर्जीव पाना र माैन अक्षरहरूमा थन्किँदै आएका छन् । ती सबैका दफा-दफा विवरण, ठूलाे प्रयत्न र परिश्रमले, मेराे पछिल्लाे पुस्तकाकार कृति’दिव्य दृष्टि’-मा अक्षरशः प्रस्तुत गरिएकाे छ । ती ऐन-कानून र निर्देशिकाहरू अभ्यासपटमा पूर्णतः निष्प्रभावी रहेका छन् ।

यही क्रम रहिरह्याे भने याे देश बूढा नागरिकहरूकाे ‘बृद्धाश्रम’ मात्रमा सीमित हुनजाने निश्चितप्रायः छ भने नयाँ पिँढीमा डढेलाेकाे रूपमा सल्किरहेकाे दुर्व्यसनकाे आगाेले समेत ‘भूसकाे आगाे’ बनेर भित्रभित्रै डढाइरहेकाे छ । याे डरलाग्दाे महामारीलाई समयमै नियन्त्रण गरिएन भने यसले देशलाई साँच्चै ‘जिउँदा लासहरूकाे देश’ बनाउने पनि निश्चित नै छ । याे कति दुःखद भविष्यकाे संकेत हाे ? – देशका प्रति सम्वेदनशील बनेर समय थला नपर्दै साेचाैं । त्यसाे भएकाले, कसै न कसैले त याे विनाशकारी महामारीकाे बढ्दाे प्रकाेप विरुद्ध कम्मर कसेर अगुवाइ गर्नै पर्दछ भन्ने व्यक्तिगत सदाशयबाट अभिप्रेरित भएर मैले विगत २१ वर्षदेखि अविच्छिन्नरूपमा याे अभियान चलाइआएकाे हुँ । ‘दिव्य दृष्टि’ पुस्तक त्यही अभियानद्वारा निस्पन्न प्रथम दस्तावेज हाे भन्ने म यसै पुस्तकका अक्षर र शब्दका आधारमा घाेषणा गर्दछु ।

याे अवधारणा राखिरहँदा र ‘दिव्य दृष्टि’ मेराे पाँचाैं पुस्ताकार कृति हुँदाहुँदै पनि यसलाई, याे विद्रुप समस्या विरुद्धकाे मेराे निष्ठापूर्ण अभियानकाे वर्तमान सशक्तीकरण-चरणकाे, पहिलाे पाइलाे मानेकाे छु । पुस्तकाकार कृतिकाे गन्ती यस्ताे विषयगत लेखनका सन्दर्भमा महत्वपूर्ण हुँदैन भन्ने मेराे बुझाइ छ । किनभने, मैले लागु पदार्थ विरुद्धकाे मेराे २१ वर्षे अभियानकालमा याे पुस्तकका पन्ना तथ्यपरक बनाउन सबभन्दा बढी समय र परिश्रम गरेकाे छु । सायद त्यसैकारण अक्षरखेतीका चिन्हित झापाली कलमी हलिहरूले याे पुस्तकलाई ‘सबैले पढ्नैपर्ने पुस्तक’ भनेर किटानका साथ भनेका हुनन् । यी अक्षरहरूमा मेराे किञ्चित आत्मश्लाघा छैन ।

वस्तुतः याे पुस्तक गत असाेज १९ गते नै लाेकार्पित भइसकेकाे हाे । यद्यपि राज्यका जिम्मेवार सबै विभागीय अड्डा र तिनका अख्तियारशाली प्रमुखहरू सदरमुकाममा रहने हुँदा उहाँहरूका नजिकै आएर यस पुस्तकमा मेरा अध्ययन – अनुभवमा सन्निहित आवाजलाई स्वर दिन आवश्यक ठानियाे र पुनः दाेस्राे पटक जिल्ला सदरमुकाम चन्द्रगढीमा पनि लाेकार्पण गरियाे । यस्ताे किन ठान्नु परेकाे हाे त ? – भन्ने सवालकाे विस्तृत जवाफ पनि अभियानका आगामी कार्य-प्रकरणहरूमा क्रमशः व्यवहार र अभ्यासबाट स्पष्ट पारिने साेच पनि बनाइएकाे छ । अन्ततः एउटा पुस्तककाे लेखकले कुनै विकराल समस्याका नालीबेली-सूत्रहरू र तिनकाे समाधानका उपायहरू दिने मात्र हाे ।

अथवा, क्षमता र संकलित प्रमाणहरूले भ्याएसम्म उजागर गरिदिने नै मात्र हाे – ऊ आफैले समाधानकाे हक राख्तैन, क्षमताले भ्याउन सम्भव पनि छैन । राज्यलाई सूचना दिने विश्वस्त र आधिकारिक अख्तियारबाहक ( formal reporting authority of the state ) निकायरूपी सराेकारीहरूकै आँगन-कराँसामा उभिएर, यसकारण पनि, याे पुस्तककाे अर्काे पटक लाेकार्पण गर्न ‘सदरमुकाम क्षेत्र’ छान्नुपर्ने आवश्यकता अनुभूत गरिएकाे हाे । यसलाई सरकारी समाजका प्रतिकाे हाम्राे सहयाेगी भावनाकाे उत्सर्जन मानिदिनु हुन र साे बमाेजिम व्यावहारिक अभ्यासपटमै अवतरण गराइदिन तथा याे अभियानका प्रति सहधर्मीकाे कर्त्तव्य निर्वाह गर्ने कार्यमा काम-कर्मले नै अवतरित हुन सजिलाे हाेस् भन्ने याे अभियान संयाेजक संस्थाकाे निश्छल आग्रह पनि थियाे ।

अर्थात् , विगत २१ वर्षदेखि अविश्रान्त अभियानरत याे चेतना नेपाललाई हालसम्म थपिँदै आएका सहृदयी सद्भाव, यस अभियान प्रतिकाे बढ्दाे चासाे र अभिरुचि एवम् साथ-संगति अत्यन्तै उत्साहप्रद छ । यसबाट याे अभियान शतशः प्रेरित छ – क्रमशः हामी हाम्राे याे निष्काम अभियानमा समृद्ध बन्दै गएकाे अनुभूति गर्दै गइरहेका छाैं ।

लागु पदार्थ – लागु ओैषधकाे कुलतले हाम्राे भविष्यका जिम्मेवार नागरिकहरूलाई पथभ्रष्ट र जर्जर तुल्याई याे सर्वभावेन स्वच्छ र शीतल समीरले इतिहासकाे अनादिकालदेखि नित्य अभिषिक्त भूमिलाई रित्ताे, उच्चाटलाग्दाे, रुखाे, लथालिङ्ग र भताभुङ्ग पार्ने कलुषित अभीप्सा राख्ने पाखण्डी, चाहे ती जाेसुकै हुन् , ती हाम्रा परम शत्रु हुन् र तिनलाई दुरुत्साहित गरी त्यस दुष्कर्मबाट लगार्नै पर्दछ । तिनीहरू विरुद्ध हाम्राे याे अभियान एउटा युद्ध हाे । हामी यस देशकाे हरेक कित्ता-कान्लाका नागरिकले परार्थकाे सद्भाव राखेर लागु पदार्थकाे प्रयाेग र यस आत्मघातक-चरित्रघातक-समाजघातक वस्तुकाे ओसारपसार-व्यापारकाे पाखण्डी धन्धा र त्यसका उपभाेक्ता बन्नेहरूका विरुद्धकाे लडाइँमा सबैले एउटै आवाजमा एकताबद्ध भएर आफूलाई याेद्धा करार गरून् भन्ने हाम्राे हार्दिक आग्रह हाे ।

त्यस सन्दर्भमा हामीले महाभारत युद्धका सर्बाेपरि याेद्धाकाे – “एउटा सक्कली याेद्धालाई जिउ-ज्यानकाे हाेइन, पराजयकाे डर हुन्छ”-भन्ने महावाणीलाई आत्मसात गर्ने बलियाे अठाेट लियाैं भने याे युद्ध सहजै जितिन्छ । यद्यपि, लागु पदार्थका कालाे व्यापारबाट अकुत धन बटुलिरहेका साहूहरू कमजाेर छैनन्, तिनबाट कमिसन हसुरेर राज्यलाई थाङ्नामा सुताइरहेका राज्यकै दाना-पानी भाेगी स्वार्थन्ध भ्रष्टहरूहरू पनि याे समस्याकाे बिस्तृतीकरणमा मात्र हाेइन संक्रमण सक्रिय बनाउनमा समेत कम मद्दतगार छैनन् भन्ने अनेक घटनाका सन्दर्भमा हामीले जानकारी पाएका छाैं । माथि उल्लेख भएका, राज्यद्वारा प्रतिपादित उत्तिका ऐन-कानून, नीति-निर्देशिकादि छल्न स्थलगत रूपमै चल्ने छलछामकैे कतिपय कारण पनि यस विषयमा राज्यले दाेष भाेग्न परेकाे कुरालाई पनि पटाक्षेप गर्न मिल्दैन ।

हरेक स्थानीय प्रशासनका धरातलीय कर्मी (ground worker)-हरूमध्ये कतिपय यस्ता गम्भीर विषयमा गैरजिम्मेवार र साना-ठूला आर्थिक लाभका लालची भइदिँदा हुने अल्मलबाट नै पनि ‘राज्य’ आलाेच्य बनेका घटना पनि ढाकछाेप गरिनु न्याय हुँदैन भन्ने समेत हामीमा अनुभूत छ । यसका अतिरिक्त, परिवार-परिवारवृत्त केन्द्रित मनाेविज्ञान त सुधार र विकृतिका मूलतत्व मानिनु पनि गलत हुँदैन । परिवारका अभिभावकहरूले मात्र सुधारमुखी कठाेरता अवलम्बन गरिदिँदै आफ्ना अनुजहरूलाई यस कलङ्की दुव्यसनबाट जाेगाइदिने हाे भने याे समस्याकाे समाधानमा ठूलाे मद्दत पुग्नेछ । हाम्रा कतिपय अभिभावकहरू आफ्ना सन्तानका बाह्य गतिविधि बारेका सुन्न नचाहने पनि हामीले याे दुर्व्यसन बिराेधी अभियानकामा भेटेका छाैं ।यसाे गर्नु भनेकाे मायाले सुमर्ने निहुँमा तिनका भविष्यका पति अन्ध-निश्चिन्त बनी काेतर्नु हाे । अर्थात् , यी यावत विषयलाई हृदयङ्गम गरेरै पनि चेतना नेपालद्वारा मेराे याे कृति ‘दिव्य दृष्टि’-काे सदरमुकाममा पुनः गत मङ्सिर २९ गते दाेस्राे पटक लाेकार्पण गरिएकाे हाे ।

लागु पदार्थहरूकाे व्यसनद्वारा देशकाे सामाजिक,आर्थिक, सांस्कृतिक संरचनाहरू मात्र हाेइन जातीय परम्परागत परिचायक निधिहरू नै पनि भत्किएर असरल्ल बन्ने सम्भावना समेत कमजाेर छैन । याे विश्वव्यापीरूपमा प्रकीर्ण विग्रहकारी, विखण्डनकारी, चरम अनुत्पादक र अनपेक्षित समस्याबाट बन्दुक र बारुदकाे युद्धभन्दा प्रभावी विध्वंशहरू निम्तिँदै गएका छन् । यसबाट धनी र सम्पन्न राष्ट्रहरूकाे जिजीबिषा त जाेगिइरहला नै , तर हाम्राे जस्ताे विपन्न, निर्बल र छिमेकी-विदेशी भूगाेलबन्दी राष्ट्रलाई आफ्नाे माैलिक अस्तित्वमा जीवन्त रहन साह्रै मुश्किल पर्ने अवस्था याे अभियानकाल-सान्दर्भिक गतिविधि सञ्चालनक्रममा हामीले देखेका छाैं । हाम्राे देशकाे भूगाेलका प्रति आत्मनिवेदित हरेक नागरिकले आफ्नाे निष्कलंक र समृद्ध अस्तित्वकाे दीर्घायु निम्ति पारस्परिक भावनात्मक र व्यावहारिक रूपमा साेच्नुपर्ने आजकाे उपल्लाे देशभक्तिकाे भाव हाे र त्यसै साेच-अवधरणाबाट याे अभियान उत्सर्जित भएकाे हाे ।

हामी सबैकाे प्रयत्नलाई एउटै व्यानर अन्तर्गत एकत्रित र सबलीकरण गर्न सकियाे भने याे समाजघाती- राष्ट्रघाती भष्माशुररूपी समस्याकाे समाधान अवश्य हुनेछ । यस अभियानकाे अन्तर्कथा-अन्तर भावधारा निःशंक एवम् गम्भीरतापूर्वक बुझिदिन म स्थानीय प्रशासन, सुरक्षा निकायहरू, विभिन्न तप्काका नागरिक समाज लगायत नीति निर्माता तीनै तहका सरकारहरू, सूचनासेवा-साहित्यसेवा जस्ता समाजका सचेतक सेवामा प्रवृत्त बाैद्धिकहरू तथा अनभिज्ञ अवस्थाका किशाेर-किशाेरी तथा संगतका कारण याे व्यसनमा फँसेका युवा-युवतीमा सुधारकाे भावना जाग्रत गराउन अहम् भूमिका रहने अभिभावकवर्गमा समेत हाम्राे अभियान संस्था ‘चेतना नेपाल’ विशेष अपेक्षा राख्तछ ।

The post लागु पदार्थकाे डढेलाेबाट भावी पुस्तालाई जाेगाओैं ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register