ब्रेकअपको सामना कसरी गर्ने ? यसो भन्छन् सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले ब्रेकअपको सामना कसरी गर्ने भन्ने बारेमा सल्लाह दिएका छन् । उनी भन्छन्, “ब्रेकअपको पीडा लामो समयसम्म बस्नुहुँदैन । बरु रुँदै त्यो पीडा हटाएर अगाडि बढ्नुपर्छ ।” हालै सलमान पहिलो पटक आफ्नो भतिजा अरहानको पोडकास्टमा देखिएका थिए । उनले भने, “यदि प्रेमिकासँग सम्बन्ध टुटेको छ भने उसलाई जान देऊ । […]

Feb 9, 2025 - 09:39
 0
ब्रेकअपको सामना कसरी गर्ने ? यसो भन्छन् सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले ब्रेकअपको सामना कसरी गर्ने भन्ने बारेमा सल्लाह दिएका छन् ।

उनी भन्छन्, “ब्रेकअपको पीडा लामो समयसम्म बस्नुहुँदैन । बरु रुँदै त्यो पीडा हटाएर अगाडि बढ्नुपर्छ ।”

हालै सलमान पहिलो पटक आफ्नो भतिजा अरहानको पोडकास्टमा देखिएका थिए । उनले भने, “यदि प्रेमिकासँग सम्बन्ध टुटेको छ भने उसलाई जान देऊ । यी कुराहरूबाट छिटो बाहिर निस्कनुपर्छ । यसको लागि एउटा कोठा भित्र जानुपर्छ, राम्ररी रुनुपर्छ  ।”

कुराकानीको क्रममा सलमानले विश्वासघातको सामना गर्ने बारेमा सल्लाह पनि दिए । साथै, उनले सम्बन्धमा आफूले गल्ती गरेको महसुस भए तुरुन्तै माफी माग्न पनि सल्लाह दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register