बढ्यो सेयर बजार, १०४ कम्पनीमा हरियाली 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेर २७६५ दशमलव ८८ को विन्दुमा पुगेको छ । मंगलबार ३१२ कम्पनीका ९७ हजार ५६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ […]

Feb 25, 2025 - 09:29
 0
बढ्यो सेयर बजार, १०४ कम्पनीमा हरियाली 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेर २७६५ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ९७ हजार ५६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।

आज गार्डियन माएक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register