दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाएका परिवार भन्छन् – विश्वास नै गर्न सक्दैनौँ
काठमाडौं । दक्षिण कोरियामा आइतबार भएको भयानक विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । मृतकका परिवार शोकमा परेका छन् । यस दुर्घटनामा ७८ वर्षीय माङ गि-सुका भतिजा र भतिजाका दुई छोराको पनि मृत्यु भएको छ । उनका भतिजाका दुई सन्तान कलेजको प्रवेश परीक्षा सकिएकोमा खुसी मनाउँदै थिए । मङले बीबीसीलाई भने, ‘पूरै परिवार ध्वस्त […]

काठमाडौं । दक्षिण कोरियामा आइतबार भएको भयानक विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ ।
मृतकका परिवार शोकमा परेका छन् । यस दुर्घटनामा ७८ वर्षीय माङ गि-सुका भतिजा र भतिजाका दुई छोराको पनि मृत्यु भएको छ ।
उनका भतिजाका दुई सन्तान कलेजको प्रवेश परीक्षा सकिएकोमा खुसी मनाउँदै थिए ।
मङले बीबीसीलाई भने, ‘पूरै परिवार ध्वस्त भएकोमा म विश्वास गर्न सक्दिनँ ।’
जेजु एअरमा सवार धेरै यात्रु थाइल्याण्डमा क्रिसमस मनाएर घर फर्किरहेका थिए ।
दुर्घटनामा परी मृत्यु भएकामध्ये एककी काका जोङलुक डोङमानीले बीबीसी थाईलाई यो खबर सुनेपछि आफू स्तब्ध भएको बताए ।
७१ वर्षीय वृद्ध बुबा जिओन जे-यंगले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा भने, ‘छोरी मी-सुकलाई उनको औंलाको छापबाट पहिचान गरिएको थियो । उनी आफ्ना साथीहरूसँग बैंककबाट फर्कदैँ थिइन् ।’
जिओनले भने, ‘मेरी छोरी करिब ४० वर्षकी भइन् । अन्तिम पटक मैले मेरी छोरीलाई डिसेम्बर २१ मा देखेको थिएँ । त्यसपछि उनी अर्को वर्षको क्यालेन्डर र खाना लिएर घर आइन् । यो हाम्रो अन्तिम भेट भयो ।’
एक महिलाले आफ्नी बहिनीको बारेमा बताइन् कि उनी कठिन समयबाट गुज्रिरहेको छिन् । त्यसैले उनको जीवनमा सुधार हुन थालेको कारण उनी थाइल्याण्ड गएकी थिइन् ।
‘उनले धेरै कठिनाइहरूको सामना गरे र यात्रामा गइन् किनभने उनको अवस्था भर्खरै सुधार हुन थालेको थियो,’ उनले दक्षिण कोरियाको राज्य समाचार एजेन्सी योनहापसँगको कुराकानीमा भनिन् ।
दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको डीएनए पहिचान गर्न र्यालको नमूना लिइएको थियो ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गर्ने क्रममा ठूलो विमान दुर्घटना भएको थियो । जसमा १७९ जनाको मृत्यु भएको थियो ।
यो विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।
यस दुर्घटनामा दुई जनालाई भग्नावशेषबाट जिवितै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुबै चालक दलका सदस्य हुन् ।
What's Your Reaction?






