ओडिसा घटना : भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्घठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको ओडिसास्थित छात्रावासमा भएको घटनाको विरोधमा लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि गरेको धरपकडविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनका […]

Feb 17, 2025 - 13:03
 0
ओडिसा घटना : भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्घठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको ओडिसास्थित छात्रावासमा भएको घटनाको विरोधमा लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि गरेको धरपकडविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।

उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने  बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register