अवैध आप्रवासी बोकेको अमेरिकी सैन्य विमान भारत आउँदै

काठमाडौं । अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ । ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलोपटक हो । सुरक्षा अधिकारीहरूकाअनुसार उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् । अमृतसर पुग्ने केही मानिसहरूलाई प्रहरीको गाडीमा उनीहरूको […]

Feb 5, 2025 - 06:54
 0
अवैध आप्रवासी बोकेको अमेरिकी सैन्य विमान भारत आउँदै

काठमाडौं । अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ ।

ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलोपटक हो ।

सुरक्षा अधिकारीहरूकाअनुसार उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् ।

अमृतसर पुग्ने केही मानिसहरूलाई प्रहरीको गाडीमा उनीहरूको गाउँ लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई विमानबाट पठाइनेछ ।

मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन । तर, विमानस्थलबाहिर डिपोर्ट भएर आउनेहरूसँग कुराकानी गर्न दिइने बताइएको छ ।

पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् । उनले यसलाई धेरै गम्भीर मुद्दा बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register