सेयर बजारमा ३३ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८ अङ्कले घटेर २५७६ दशमलव ५० को विन्दुमा पुगेको छ । मंगलबार ३०८ कम्पनीका ६९ हजार ९२३ पटकको कारोबारमा १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Dec 31, 2024 - 09:47
 0
सेयर बजारमा ३३ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८ अङ्कले घटेर २५७६ दशमलव ५० को विन्दुमा पुगेको छ ।

मंगलबार ३०८ कम्पनीका ६९ हजार ९२३ पटकको कारोबारमा १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

२९ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये अन्य सामान्य बढ्दा बाँकी राताम्मे छन् । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register