भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। […]

Apr 11, 2025 - 10:56
 0
भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।

सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे ।

कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।

एक्सचेन्ज अफरहरू :

● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न मिल्ने,

● कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५०,००० रुपैयाँको मिनिमम भ्यालुएसन,

● अन्य कुनै पनि ब्रान्डमा २५,००० रुपैयाँ न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),

● एक्सचेन्जमा अतिरिक्त १०,००० रुपैयाँ मूल्याङ्कन बोनस,

● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,

● यामाहा थ्रिल अफ थ्री योजनाको साथ १,००,००० रुपैयाँसम्म नगद छुट :

➢ थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १,००० रुपैयाँ जित्नुहोस्,

➢  विज्ञापनको स्क्रिनसट देखाई ५०,००० रुपैयाँसम्म नगद छुट जित्नुहोस्,

➢  यामाहा खरिद गरी १,००,००० रुपैयाँसम्म नगद छुट जित्नुहोस् ।

बाइक बाहेकका आकर्षणहरू:

• डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका,

• कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्दा रोमाञ्चक उपहारहरू पाइने,

• गेमिङ जोन – एक्शन-प्याक फन र प्रतियोगिताहरू,

• फेस पेन्टिङ,

• महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान् पर्फर्मेन्सहरू,

• फ्री एक्सेसरिज,

प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमी/लिटर) प्रमुख आकर्षण हो।

त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन्।

यस ‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register