मधेस सरकारले १ हजार ८१ सहिद परिवारका सदस्यको स्वास्थ्य बिमा गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका परिवारका लागि स्वास्थ्य बिमा गर्ने भएको छ । मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका १ हजार ८१ परिवारलाई स्वास्थ्य बिमा गर्न मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सहमति सम्झौता भएको छ । प्रदेशको गृह, सञ्चार तथा […]

Dec 31, 2024 - 15:35
 0
मधेस सरकारले १ हजार ८१ सहिद परिवारका सदस्यको स्वास्थ्य बिमा गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका परिवारका लागि स्वास्थ्य बिमा गर्ने भएको छ । मधेस आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका १ हजार ८१ परिवारलाई स्वास्थ्य बिमा गर्न मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सहमति सम्झौता भएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेशसचिव उद्धवप्रसाद रिजालका अनुसार स्वास्थ्य बिमाका लागि आवाश्यक सहिद परिवारका विवरण संकलन गर्न स्वास्थ्य बिमा बोर्डका कर्मचारी फिल्डमा खटिइसकेका छन् । विवरण प्रशोधन गरेर नामावली तयार भएपछि सरकारले स्वास्थ्य बिमा प्रयोजनका लागि बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सयका दरले रकम पठाउने प्रदेशसचिव रिजालले बताए ।

वार्षिक तीन हजार पाँच सय रुपैयाँ दिएपछि एक परिवारका पाँचजना सदस्यसम्म स्वास्थ्य बिमित हुने गर्छन् । प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्द्वका सहिद परिवारको स्वास्थ्य बिमाका लागि ४० लाख रुपैयाँ चालू आर्थिक वर्षमा विनियोजन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register