यस्तो छ आजको मौसम : तराई‍-मधेसमा हुस्सु र कुहिरो निरन्तर

काठमाडौं । तराई मधेसका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । यो क्रम करिब डेढसातायता निरन्तर छ । तराई मधेसमा बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित हुने गरेको छ । देशका केही पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका […]

Feb 1, 2025 - 01:52
 0
यस्तो छ आजको मौसम : तराई‍-मधेसमा हुस्सु र कुहिरो निरन्तर

काठमाडौं । तराई मधेसका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । यो क्रम करिब डेढसातायता निरन्तर छ ।

तराई मधेसमा बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित हुने गरेको छ ।

देशका केही पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

बिहान देशका तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लागेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register