२५ हजारमा यति एअरलाइन्सको १० वटा टिकट पाइने
काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यति एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । ‘यति ट्राभल कार्ड’ अघि सार्दै यति एअरलाइन्सले यो योजना घोषणा गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यति ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । […]

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यति एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ ।
‘यति ट्राभल कार्ड’ अघि सार्दै यति एअरलाइन्सले यो योजना घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यति ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् ।
उक्त कार्डमार्फत् सदस्यले यति एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यति एअरलाइन्सले जनाएको छ ।
टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ ।
यति एअरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो । उक्त योजनाबारे थप जानकारीका लागि यति एअरलाइन्सको आधिकारिक वेबसाइट www.yetiairlines.com हेर्न सकिन्छ ।
What's Your Reaction?






