बाइडनले कार्यकाल सकिनुअघि इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इजरायललाई ८ अर्ब डलर बराबरको हतियार दिने योजनाको बारेमा काङ्ग्रेसलाई जानकारी दिएको छ । हतियारको खेप पठाउन हाउस र सिनेट कमिटीबाट स्वीकृति चाहिन्छ । राष्ट्रपति जो बाइडनले पद छाड्नुभन्दा पन्ध्र दिनअघि यो निर्णय लिएका हुन् । गाजामा अनगिन्ती नागरिकको मृत्यु भएपछि इजरायललाई अमेरिकी सैन्य सहायता रोक्न माग गरिएको थियो तर […]

Jan 5, 2025 - 05:29
 0
बाइडनले कार्यकाल सकिनुअघि इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इजरायललाई ८ अर्ब डलर बराबरको हतियार दिने योजनाको बारेमा काङ्ग्रेसलाई जानकारी दिएको छ ।

हतियारको खेप पठाउन हाउस र सिनेट कमिटीबाट स्वीकृति चाहिन्छ ।

राष्ट्रपति जो बाइडनले पद छाड्नुभन्दा पन्ध्र दिनअघि यो निर्णय लिएका हुन् ।

गाजामा अनगिन्ती नागरिकको मृत्यु भएपछि इजरायललाई अमेरिकी सैन्य सहायता रोक्न माग गरिएको थियो तर वाशिङ्गटनले ती मागहरूलाई अस्वीकार गरेको छ ।

गत वर्ष अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकु विमान र अन्य सैन्य उपकरण बेच्न स्वीकृति दिएको थियो ।

एक अमेरिकी अधिकारीले भनेका छन् – हतियारको यो नवीनतम ब्याचमा हावाबाट हावामा मार हान्ने क्षेप्यास्त्र, हेलफायर मिसाइल, आर्टिलरी गोला र बमहरू समावेश छन् ।

बिक्रीको जानकारी भएको एक स्रोतले शनिबार बीबीसीलाई भन्यो – राष्ट्रपतिले इजरायललाई अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत आफ्ना नागरिकहरूको रक्षा गर्ने र इरान र त्यसका प्रोक्सी सङ्गठनहरूको आक्रमणको जवाफ दिने अधिकार रहेको स्पष्ट पारेका छन् ।

अमेरिकाले इजरायललाई आवश्यक पर्ने ६९ प्रतिशत हतियार र सैन्य उपकरण निर्यात गर्छ ।

अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि गाजामा इजरायली सैन्य कारबाहीमा ४५हजारभन्दा बढी मानिसहरू, जसमा अधिकांश महिला र बालबालिकाहरू मारिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register