नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । यही वैशाख ६, २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआइ, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा प्रकाश चौधरीले सेवा दिनुहुनेछ । ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको […]

Apr 19, 2025 - 10:37
 0
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

काठमाडौं ।

नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।

यही वैशाख ६, २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआइ, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा प्रकाश चौधरीले सेवा दिनुहुनेछ । ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

ओपीडी बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ । यो सेवा लिन अस्पतालको फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register