अध्यक्ष श्रेष्ठलाई आइओसी उपाध्यक्ष वाङ्चुकको बधाई

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का नव निर्वाचित अध्यक्ष जीवन राम श्रेष्ठलाई आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीहरु तथा भुटान ओलम्पिक कमिटीको तर्फबाट बधाई तथा शुभकामना ब्यक्त गरिएको छ । ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सदस्य जिग्मेल उग्येन वाङ्चुकद्वारा हस्ताक्षरित […]

Apr 30, 2025 - 14:36
 0
अध्यक्ष श्रेष्ठलाई आइओसी उपाध्यक्ष वाङ्चुकको बधाई

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का नव निर्वाचित अध्यक्ष जीवन राम श्रेष्ठलाई आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीहरु तथा भुटान ओलम्पिक कमिटीको तर्फबाट बधाई तथा शुभकामना ब्यक्त गरिएको छ ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सदस्य जिग्मेल उग्येन वाङ्चुकद्वारा हस्ताक्षरित पत्रमा अध्यक्ष श्रेष्ठ पुनःनिर्वाचित हुनुले नेपालको खेलकुद क्षेत्रमा उहाँप्रतिको अटल विश्वास र समर्थनको प्रतीक भएको उल्लेख गरिएको छ । वाङ्चुकले भने, “तपाईंको ओलम्पिक आदर्शप्रति समर्पण, राष्ट्रिय विकासमा खेलकुदको योगदान तथा क्षेत्रीय सहकार्य प्रवद्र्धन गर्नुभएको प्रयास प्रशंसनीय छ । हालै सम्पन्न साधारण सभा र निर्वाचनले पारदर्शिता र लोकतान्त्रिक मूल्यमा आधारित संस्थागत संरचनाको झल्को दिएको छ ।”

उनले यस निर्वाचन प्रक्रियामा ओसिएका निर्देशक प्रमुखको उपस्थिति र आईओसीले यसलाई औपचारिक रूपमा मान्यता दिएको उल्लेख गर्दै राष्ट्रिय ओलम्पिक कमिटीको विश्वसनीयता थप सुदृढ भएको बताए । दक्षिण एशियाली ओलम्पिक परिवारका एक सशक्त नेतृत्वकर्ताको रूपमा अध्यक्ष श्रेष्ठले क्षेत्रीय ऐक्यबद्धता, युवापुस्तामाझ खेलकुदको विस्तार, र ओलम्पिकका तीन मूल मूल्यहरू उत्कृष्टता, मित्रता र सम्मान प्रवद्र्धन गर्ने कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको छ । उपाध्यक्ष वाङ्चुकले नवगठित कार्यसमितिसँग सहकार्य गर्न तत्परता जनाउँदै अध्यक्ष श्रेष्ठको आगामी कार्यकाल सफल, प्रभावकारी र फलदायी होस् भनेर शुभकामना दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register