नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब […]

Apr 30, 2025 - 11:28
 0
नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रक्षेपणअनुसार यस वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५० डलरले बढेर १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ । गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register