ठूलो खोला हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौँ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मंगलबार कालीमाटी ब्यैङ्केट कालिमाटी काठमाडौँमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ […]

Jan 7, 2025 - 10:47
 0
ठूलो खोला हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौँ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मंगलबार कालीमाटी ब्यैङ्केट कालिमाटी काठमाडौँमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।

त्यसैगरी सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०-८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१-८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरुलाई सुनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register