जनकपुरमा व्यवसायीमाथि निर्घात कुटपिट, पाँच जना पक्राउ, ‘५ मिनेटसम्म फलामको रडले कुटियो’ 

काठमाडौँ । जनकपुरमा व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारीचोकमा ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि निर्घात कुटपिट भएको हो ।  यादवलाई शनिबार जनकपुर उपमहानगरपालिका-१३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभास साह र बिहारको सितामढी विष्णुपुर-३ का १७ वर्षीय विकास कुमार साह लगायतले […]

Feb 2, 2025 - 08:54
 0
जनकपुरमा व्यवसायीमाथि निर्घात कुटपिट, पाँच जना पक्राउ, ‘५ मिनेटसम्म फलामको रडले कुटियो’ 

काठमाडौँ । जनकपुरमा व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारीचोकमा ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि निर्घात कुटपिट भएको हो । 

यादवलाई शनिबार जनकपुर उपमहानगरपालिका-१३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभास साह र बिहारको सितामढी विष्णुपुर-३ का १७ वर्षीय विकास कुमार साह लगायतले कुटपिट गरेका थिए । 

हाल प्रहरीले घटनामा संलग्न फेकुसहित पाँचजनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान गर्दै जाँदा कवाड संकलन सम्बन्धी टेण्डरको विषयमा विवाद हुँदा यादवमाथि कुटपिट भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादवलाई फलामको रडले कुटपिट गरेको खुलासा भएको छ ।

‘पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा टेण्डरका विषयमा विवाद हुँदा कुटपिट भएको देखिन्छ ।’, धनुषा प्रहरीका एक उच्च अधिकारीले भने, ‘यादवलाई फलामको रडले करिब पाँच मिनेटसम्म कुटपिट गरेको पाइएको छ । थप अनुसन्धान गर्दैछौँ ।’ 

कुटपिटबाट घाइते भएका यादवको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register