पुस मसान्त नजिकिँदै गर्दा फोन पेमा फेरि समस्या, पैसा भुक्तानी अड्किँदा ग्राहक तनावमा !

काठमाडौँ । फोन पेमा फेरि समस्या देखिएको छ । बिहीबार बिहानैबाट फोन पे र फोन पे आवद्ध विभिन्न बैंकहरुमा भुक्तानीमा समस्या देखिएको हो । फोन पेको क्युआर स्क्यान भइसकेपछि लामो समय कारोबार प्रक्रिया अगाडि नबढ्ने र अन्तिममा धेरै समय लाग्यो भन्ने मेसेज आइरहेको देखिएको छ ।  पुस मसान्त नजिकिँदै गर्दा फोन पेमार्फत व्यवसायिक कारोबार गर्नेहरु […]

Jan 9, 2025 - 04:09
 0
पुस मसान्त नजिकिँदै गर्दा फोन पेमा फेरि समस्या, पैसा भुक्तानी अड्किँदा ग्राहक तनावमा !

काठमाडौँ । फोन पेमा फेरि समस्या देखिएको छ । बिहीबार बिहानैबाट फोन पे र फोन पे आवद्ध विभिन्न बैंकहरुमा भुक्तानीमा समस्या देखिएको हो । फोन पेको क्युआर स्क्यान भइसकेपछि लामो समय कारोबार प्रक्रिया अगाडि नबढ्ने र अन्तिममा धेरै समय लाग्यो भन्ने मेसेज आइरहेको देखिएको छ । 

पुस मसान्त नजिकिँदै गर्दा फोन पेमार्फत व्यवसायिक कारोबार गर्नेहरु समस्यामा परेका छन् । बाँकी बक्यौता तिर्न, कर तिर्न, लगायतका काम रोकिँदा ग्राहक मर्कामा परेका हुन् । चौतर्फी गुनासोपछि हामीले पनि फोन पेमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नभएको पुष्टि भयो । सबैभन्दा बढी कारोबार हुनुपर्ने बेलामा नै फोनपेमा समस्या आउँदा कनेक्ट आइपिएसमा बढी लोड परेको छ ।

फोन पे र फोन पेको भगिनी संस्था इसेवामा पनि पछिल्लो समय एकपछि अर्को समस्या आइरहेको छ । कहिले कारोबार नै नहुने, कारोबारमा विभिन्न कैफियत देखिने लगायतका समस्या आएपछि ग्राहक मर्कामा परेका छन् । 

यति हुँदा पनि फोन पेले न सार्वजनिक सूचनामार्फत ग्राहकलाई सुसूचित गरेको छ, न यस विषयमा बोल्न चाहिरहेको छ । बिहीबार देखिएको समस्याबारे पनि फोन पे बोल्न मानिरहेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register