उच्च स्कोर पछ्याएको बागमती अझै ७६ रनले पछाडि, नन्दनको अर्धशतक

काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध दोस्रो दिनको खेलमा बागमती प्रदेशले २०० रन बनाएको छ । जनकपुरधामस्थित रामजनकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा बागमतीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनाउँदा इनिङ्स डिक्लेर गरेको हो । यससँगै आर्मीविरुद्ध बागमती ७६ रनले पछाडि छ । दोस्रो दिन बागतमीका लागि नन्दन […]

Jan 9, 2025 - 05:45
 0
उच्च स्कोर पछ्याएको बागमती अझै ७६ रनले पछाडि, नन्दनको अर्धशतक

काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध दोस्रो दिनको खेलमा बागमती प्रदेशले २०० रन बनाएको छ ।

जनकपुरधामस्थित रामजनकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा बागमतीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनाउँदा इनिङ्स डिक्लेर गरेको हो । यससँगै आर्मीविरुद्ध बागमती ७६ रनले पछाडि छ ।

दोस्रो दिन बागतमीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । नन्दनले ८० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान गरे ।

४६.१ ओभरमा नन्दनलाई आर्मीका साहब आलमले आउट गरे । दोस्रो दिनको खेलमा साहबको यो दोस्रो विकेट थियो । कप्तान सन्दीप लामिछानेलाई साहबले ४२.३ ओभरमा १० रनमा आउट गरेका थिए ।

प्रतिश जिसी ११ रनमा आउट भए । उनलाई पवनले ४५.४ आउट गरे । यो उनको जारी खेलमा दोस्रो विकेट हो । उनले विपिन आचार्यलाई ३७.६ ओभरमा ४९ रन आउट गरे । सो क्रममा उनले ७६ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

सूर्य तामाङ ३ र रिजन ढकाल शून्यमा अविजित रहे ।

यसअघि बुधबार पहिलो दिनको खेल सकिँदा बागमतीले २२ ओभरमा ५ विकेटको क्षतिमा १२४ रन बनाएको थियो ।

बागमती पहिलो इनिङ्समा १५२ रनले पछाडि

बागमतीका लागि शुभ कङ्शकारले ३४, उत्तम मगरले २८, रित गौतमले २१, आशुतोष घिरैयाले ११ रन बनाए । इशान पाण्डे शून्यमा आउट भए ।

आर्मीका लागि आकाश चन्दले ३ तथा सोमपाल कामीले २ विकेट लिए ।

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register