नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्बमाथि

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३० करोडमाथिको कारोबार भएको छ […]

Jan 9, 2025 - 09:27
 0
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्बमाथि

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ८८ लाख ६ हजार ४ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register