सिइओ पद छोड्ने वारेन बफेटको घोषणापछि बर्कसायर ह्वाथवेको सेयर मूल्यमा गिरावट, अर्बौँ क्षति हुने अनुमान ! 

काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित वारेन बफेटले सिइओ पद छोड्ने घोषणा गरेपछि बर्कसायर ह्याथवेको सेयर मूल्यमा गिरावट आएको छ । ६० वर्षसम्म नेतृत्व गरेपछि सिइओ पदबाट राजिनामा दिने घोषणा गरेकै दिनदेखि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।  हाल बफेटले नेतृत्व गरेको बर्कसायर ह्याथवे १.१६ ट्रिलियन डलरको कम्पनी बनेको छ । तर, बफेटको […]

May 6, 2025 - 04:10
 0
सिइओ पद छोड्ने वारेन बफेटको घोषणापछि बर्कसायर ह्वाथवेको सेयर मूल्यमा गिरावट, अर्बौँ क्षति हुने अनुमान ! 

काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित वारेन बफेटले सिइओ पद छोड्ने घोषणा गरेपछि बर्कसायर ह्याथवेको सेयर मूल्यमा गिरावट आएको छ । ६० वर्षसम्म नेतृत्व गरेपछि सिइओ पदबाट राजिनामा दिने घोषणा गरेकै दिनदेखि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । 

हाल बफेटले नेतृत्व गरेको बर्कसायर ह्याथवे १.१६ ट्रिलियन डलरको कम्पनी बनेको छ । तर, बफेटको उक्त घोषणापछि कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । 

कम्पनीमा बफेटको राजिनामापछि अर्को वर्षदेखि लागू हुनेगरी उपाध्यक्ष ग्रेग एबेललाई अध्यक्ष र सिइओ बोर्डले तयारी गरेको छ । उक्त घोषणा पनि बफेटले नेब्रास्काको ओमाहामा भएको बर्कसायरको वार्षिक बैठकमा गरेका थिए ।

बफेटको उक्त घोषणापछि हाल कम्पनीको क्लास बी सेयरहरु प्रतिकित्ता ५३०.०१ डलरमा झरेका छन् । यो गिरावट जारी रहे बजार पूँजीकरणमा अर्बौँको क्षति हुने अनुमान गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register