सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका रवि लामिछाने काठमाडौंतर्फ लागेका छन् । करिब आधा घण्टाअघि सडकमार्गबाट रवि काठमाडौंतर्फ लागेको रास्वपाका एक नेताले जानकारी दिए । यसअघि उनी हवाईमार्गबाट काठमाडौं आउने तयारी थियो । तर, टिकट रद्द गरेर सडकमार्गबाट काठमाडौंतर्फ लागेका हुन् । बिहीबार साँझ जिल्ला अदालत कास्कीले ६५ लाख […]

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका रवि लामिछाने काठमाडौंतर्फ लागेका छन् ।
करिब आधा घण्टाअघि सडकमार्गबाट रवि काठमाडौंतर्फ लागेको रास्वपाका एक नेताले जानकारी दिए ।
यसअघि उनी हवाईमार्गबाट काठमाडौं आउने तयारी थियो । तर, टिकट रद्द गरेर सडकमार्गबाट काठमाडौंतर्फ लागेका हुन् ।
बिहीबार साँझ जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । साँझ नै धरौटी बुझाएर रिहा भएका थिए ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।
What's Your Reaction?






