देवीघाट : जहाँ पृथ्वीनारायणको दाहसंस्कार गरिएको थियो (तस्वीरहरू)

काठमाडौं । वर्तमान नेपालको एकीकरणको नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहको तादी र त्रिशूली नदीको सङ्गमस्थल नुवाकोटको देवीघाटमा दाहसंस्कार गरिएको थियो । पृथ्वीनारायणको विसं १८३१ माघ १ गते निधन भएको थियो । उनकै अन्तिम इच्छाबमोजिम देवीघाटमा दाहसंस्कार गरिएको इतिहासमा उल्लेख गरिएको छ। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायणले आफ्नो शासनकालमा वर्तमान नेपालको एकीकरण प्रारम्भ गरेका […]

Jan 11, 2025 - 01:45
 0
देवीघाट : जहाँ पृथ्वीनारायणको दाहसंस्कार गरिएको थियो (तस्वीरहरू)

काठमाडौं । वर्तमान नेपालको एकीकरणको नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहको तादी र त्रिशूली नदीको सङ्गमस्थल नुवाकोटको देवीघाटमा दाहसंस्कार गरिएको थियो । पृथ्वीनारायणको विसं १८३१ माघ १ गते निधन भएको थियो । उनकै अन्तिम इच्छाबमोजिम देवीघाटमा दाहसंस्कार गरिएको इतिहासमा उल्लेख गरिएको छ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायणले आफ्नो शासनकालमा वर्तमान नेपालको एकीकरण प्रारम्भ गरेका थिए। काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा रहेको यो प्रसिद्ध धार्मिक क्षेत्रमा जालपा माईको मन्दिरसमेत रहेको छ।

यहाँ राजा पृथ्वीनारायणको दाहसंस्कार गरिएको ढुङ्गा पनि सुरक्षित राखिएको छ । साथै उनको शालिकसहितको पार्कसमेत निर्माण गरिएको छ।

हेरौँ तस्वीरहरू :



 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register