राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायणको शालिकमा माल्यार्पण (फोटोफिचर)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा उक्त शालिकमा माल्यार्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको समेत […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा उक्त शालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।
देशमा गणतन्त्र आएसँगै तत्कालीन सरकारले पृथ्वी जयन्तीको बिदामा कटौती गरेको थियो ।
तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ ।
यद्यपि, औपचारिक रुपमा भने सरकारले यो दिवस मनाउने गरेको छैन । तर राष्ट्रपति पौडेलले भने गत वर्षयता सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्दै आएका छन् ।
हेरौँ फोटोफिचर :
What's Your Reaction?






