रुसलाई युद्धमा सघाउन आएका दुई उत्तर कोरियाली सैनिक युक्रेनको हिरासतमा

काठमाडौं । युक्रेनले रुसलाई युद्धमा सघाउन आएका दुईजना उत्तर कोरियाली सैनिक पक्राउ परेको जनाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई रुसको कुस्र्क क्षेत्रमा युद्धबन्दीको रूपमा कब्जा गरेको दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार घाइते रहेका दुवै सैनिकलाई आवश्यक चिकित्सा सहायता दिएर राखिएको छ । उनीहरू दुवैलाई राजधानी किभस्थित […]

Jan 12, 2025 - 05:57
 0
रुसलाई युद्धमा सघाउन आएका दुई उत्तर कोरियाली सैनिक युक्रेनको हिरासतमा

काठमाडौं । युक्रेनले रुसलाई युद्धमा सघाउन आएका दुईजना उत्तर कोरियाली सैनिक पक्राउ परेको जनाएको छ ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई रुसको कुस्र्क क्षेत्रमा युद्धबन्दीको रूपमा कब्जा गरेको दाबी गरेका छन् ।

जेलेन्स्कीका अनुसार घाइते रहेका दुवै सैनिकलाई आवश्यक चिकित्सा सहायता दिएर राखिएको छ । उनीहरू दुवैलाई राजधानी किभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयू)को हिरासतमा राखिएको छ । सार्वजनिक गरिएको तस्वीरमा दुवै सैनिकलाई चोट लागेको देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकलाई पक्रन युक्रेनी प्याराट्रूपर्स र स्पेसल अपरेसन फोर्सका सिपाहीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

यो सजिलो काम भने नभएको उनले बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

‘युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको प्रमाण मेटाउन रुसी र उत्तर कोरियाली सेनाले घाइते उत्तर कोरियालीहरूलाई सामान्यतया मृत्युदण्ड दिने गर्छन्,’ जेलेन्स्कीले दाबी गरे ।

युक्रेनको खुफिया सेवाले एक विज्ञप्तिमा उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको जनाइएको छ । ‘पक्राउ गरिएका उनीहरूलाई तुरुन्तै जेनेभा महासन्धिअन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि उनीहरूलाई किभ ल्याइयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register