पूर्वइञ्जिनियर श्रेष्ठको अवैध कमाइ झन्डै पाँच करोड, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । जलस्रो तथा सिँचाइ विभाग तथा अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले ठेकेदारसँग मिलेमतो […]

Jan 12, 2025 - 08:27
 0
पूर्वइञ्जिनियर श्रेष्ठको अवैध कमाइ झन्डै पाँच करोड, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जलस्रो तथा सिँचाइ विभाग तथा अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले ठेकेदारसँग मिलेमतो गरे‍र कमिसन लिएर काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर घडेरी तथा जग्गा जोडेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अख्तियारले श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको विसं २०४६ असार ३० गतेदेखि २०७७ असार ३१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो ।

जाँच अवधिमा श्रेष्ठ, उनको श्रीमती, छोरा र छोरी सबैको वैधानिक आय जोड्दा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ १७ पैसाको स्रोत खुलेको थियो । सोही अवधिमा श्रेष्ठको खर्च तथा लगानी भने १६ करोड १३ लाख ९५ हजार ५२८ रुपैयाँ ७१ पैसा देखिएको थियो ।

जाँच अवधिमा श्रेष्ठको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

आइतबार दायर गरिएको मुद्दामा श्रेष्ठसँग चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register