इन्फिनिटी लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारणसभा पुष २९ गते सोमबार संस्थाको अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गरेका थिए भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरुलाई संस्थाका […]

Jan 13, 2025 - 10:44
 0
इन्फिनिटी लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारणसभा पुष २९ गते सोमबार संस्थाको अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारणसभामा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गरेका थिए भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१/८२ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register