युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु

काठमाडौं । युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ । दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् । भ्लादिमिर […]

May 1, 2025 - 12:28
 0
युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु

काठमाडौं । युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ ।

दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् ।

भ्लादिमिर साल्डोले भने, “युक्रेनले स्थानीय समयअनुसार बिहान करिब ०९:३० बजे ओलेस्कीको बजारमा आक्रमण गरेको थियो । यसबाट ज्यान गुमाउनु परेको छ ।”

यसअघि रुसी आक्रमणमा दुई युक्रेनी नागरिकको मृत्यु भएको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातको समयमा रुसी ड्रोन आक्रमणको विरोध गरेका छन् ।

उनले ओडेसा शहरमा २१ वटा ड्रोन आक्रमण भएको बताए । यसका कारण धेरै ठाउँमा आगलागी भयो र धेरै मानिसहरूको मृत्यु भयो ।

उनले किभ र सुमी लगायत अन्य क्षेत्रहरूमा पनि आक्रमण भएको बताए ।

जेलेन्स्कीले भने, “रूसले बिना शर्त युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई “बेवास्ता” गरिरहेको छ ।” बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register