रूपन्देहीमा रवि र छविसहितका प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहितका प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ । बिहीबार समय अभाव भएपछि पूरक अभियोजनअन्तर्गत शुक्रबारमात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।  सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावका कारण […]

Jan 16, 2025 - 13:05
 0
रूपन्देहीमा रवि र छविसहितका प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहितका प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ ।

बिहीबार समय अभाव भएपछि पूरक अभियोजनअन्तर्गत शुक्रबारमात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।  सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावका कारण शुक्रबारलाई धकेलिएको हो ।

सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।

प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा  मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register