कबड्डी लिग : विराटनगर र जनकपुरको विजयी सुरुवात
काठमाडौं । विराटनगर ब्यान्डिट्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो । जितसँगै विराटनगरले पाँच अंक जोडेको छ । विराटनगरले खेलको सुरुवातदेखि नै अग्रता लिएको थियो । धनगढी पहिलो हाफमै दुईपटक अलआउट […]

काठमाडौं । विराटनगर ब्यान्डिट्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो । जितसँगै विराटनगरले पाँच अंक जोडेको छ ।
विराटनगरले खेलको सुरुवातदेखि नै अग्रता लिएको थियो । धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो । सात मिनेटमै ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो । त्यसपछि २३–१४ मा पुनः धनगढी अलआउट हुन पुग्यो ।
पहिलो हाफमा २४–१६ को अग्रता बनाएको विराटनगरले खेलमा आफ्नो अग्रता फरकिलो बनाएर अघि बढ्दै खेलमा ४६–३४ को फराकिलो जित हासिल गर्यो ।
दोस्रो खेलमा जनकपुर विजयी
जनकपुर नाइट्सले पनि शनिबार नै भएको दोस्रो खेलबाट विजयी सुरुवात गरेको छ।
जनकपुरले हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको हो । जितसँगै जनकपुरलेले पाँच अंक जोडेको छ ।
खेलमा हिमालयनले सुरुवाती अग्रता लिएको थियो । तर, यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि पर्यो । ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन ।
१४–८ मा अवस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो । त्यसपछि खेलमा केही सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफमा १८–११ को अवस्थामा सकायो ।
२७–१३ को अवस्थामा पुनः हिमालयन दोस्रो पटक अल आउट भयो । दोस्रो हाफको १३ मिनेट दोस्रो पटक अलआउट भएको हो । कुनै समय जनकपुरले ३०–१५ को अग्रता बनाएको थियो ।
What's Your Reaction?






