बुहारीको बीभत्स हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण

रामेछाप । मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा […]

May 23, 2025 - 15:30
 0
बुहारीको बीभत्स हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण

रामेछाप ।

मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा समर्पण गरेका हुन् । मन्थली नगरपालिका ११ गेलु माइत रहेकी बुहारीलाई उनले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयहरूले बताएका छन् ।

श्रीमानले गत साउनमा आत्मा हत्यापछि पवित्रा माइत बस्दै आएको पारिवारिक श्रोतले जनाएको छ । उनको एक छोरा पनि रहेको छन् । उनलाई ससुराले छोरो आत्महत्या गर्नुको कारण मानेका थिए । मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुरा बसिरहेको घर पुगेकी उनीहरूबिच झगडा भएको र हत्या भएको स्थानीयले बताएका छन् ।

घटनाको बारेमा थप विवरण आउन बाकी रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको टोली घटना स्थलमा जाँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register