आगलागीबारे खानेपानी मन्त्रालयले भन्यो – महत्त्वपूर्ण कागजातमा क्षति भएन

काठमाडौं । खानेपानी मन्त्रालयले शनिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको दाबी गरेका छन् । आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक […]

Feb 9, 2025 - 00:12
 0
आगलागीबारे खानेपानी मन्त्रालयले भन्यो – महत्त्वपूर्ण कागजातमा क्षति भएन

काठमाडौं । खानेपानी मन्त्रालयले शनिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।

मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको दाबी गरेका छन् ।

आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिएका थिए ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल)को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ ।

आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको उल्लेख गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

सिंहदरबारभित्रै मन्त्रालयमा आगलागी हुनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register